Section 79
बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी हुन सक्ने अवस्था
देहायको अवस्थामा बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी हुन सक्नेछः– (क) भुक्तानी अवधि पूरा भएको वा तत्काल भुक्तानी दिनु पर्ने निक्षेप वा अन्य आर्थिक दायित्व निर्धारित समयमा भुक्तानी गर्न नसकी बाँकी रहेमा, (ख) बैंक वा वित्तीय संस्थाको पूँजीकोष ऋणात्मक भएमा, (ग) बैंक वा वित्तीय संस्थाको निरीक्षण प्रतिवेदनको आधारमा राष्ट्र बैंकले त्यस्तो बैंक वा वित्तीय संस्था खारेजीको लागि सिफारिस गरेमा, (घ) बैंक वा वित्तीय संस्थाको उल्लेख्य स्वामित्व भएका शेयरधनी वा पदाधिकारीबाट निक्षेपकर्ताको हकहित तथा वित्तीय प्रणालीको विकासमा बारम्बार अवरोध पुग्ने काम कारबाही गरेको पाइएमा, (ङ) यस ऐन तथा राष्ट्र बैंकले दिएको निर्देशनको बारम्बार उल्लंघन गरेको पाइएमा, (च) बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी हुने भनी राष्ट्र बैंकले निर्धारण गरेका अन्य अवस्था पाइएमा ।